arrow

अफगानिस्तानबाट विहिवार ११ नेपालीको उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १० बिहिबार
airport-ktm-tia.jpg

काठमाडौँ । अफगानिस्तानबाट विहिवार ११ नेपालीको उद्धार भएको छ । उनीहरूलाई काबुलबाट उद्धार गरेर नयाँदिल्ली पुर्‍याइएको परराष्ट्र मन्त्रालयले बताएको छ ।
 
अफगानिस्तानबाट नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया जारी रहेको तथा काबुलका विभिन्न स्थानमा उद्धारको प्रतीक्षामा रहेका ४२ जनालाई विभिन्न स्थानबाट एकीकृत गरी काबुल विमानस्थल नजिक राखिएको जनाउँदै मन्त्रालयले विमानस्थलबाहिर जम्मा भएको भीडका कारण एकीकृत गरिएका सबैलाई विमानसम्म पुर्‍याउन विभिन्न तहमा समन्वय भइरहेको बताएको छ ।
  
अफगानिस्तानबाट उद्धार गरी दोहा, दुबई, लण्डन र नयाँदिल्ली पुर्‍याइएकाहरूलाई स्वदेश ल्याउन निरन्तर समन्वय र सहजीकरण भइरहेको तथा काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म नखुलेको पनि मन्त्रालयले जनाएको छ । 

अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’मा आफ्नो नामसहितको विवरण दर्ता गर्न मन्त्रालयले अनुरोध गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ