arrow

काबुल विमानस्थल बाहिर ठुलो विस्फोट, विमानस्थल खालि गर्न तालिबानको चेतावनी 

logo
रासस–एएफपी
प्रकाशित २०७८ भदौ १० बिहिबार
kabul-airport-afghanistan.jpg
फाइल तस्विर।

काबुल। अमेरिकी नेतृत्वको सेनाले विमानमार्फत अझै हजारौँको उद्धार बाँकी रहेको बताइरहँदा अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठुलो विस्फोट भएको अमेरिकी सेनाले बिहीबार पुष्टि गरेको छ । 

अमेरिकी नेतृत्वको पश्चिमी सेनाले विमानस्थल परिसरमा पुगेका हजारौँ मानिसको दैनिक उद्धार गरिरहेका समय विमानस्थल छोड्न तालिबान समूहले चेतावनी दिएको बताइएको छ । विमानस्थलमा एसियाली मुलुकका नागरिकहरू पनि उद्धारको पर्खाइमा रहेका हुनसक्ने अनुमान गरिएको छ ।

पेन्टागनका प्रवक्ता जोन कर्बीले भने, “काबुल विमानस्थल बाहिर ठुलो विस्फोट भएको छ । यति बेला विस्फोटबाट भएको हताहतबारे स्पष्ट जानकारी प्राप्त भएको छैन । थप विवरण प्राप्त हुँदासाथ दिइनेछ ।” 

आत्मघाती बम आक्रमणकारीहरूले विमानस्थलमा आक्रमण गर्ने धम्की दिँदै आएको अमेरिकी र सम्बद्ध अधिकारीहरूले गोप्य सूचना पाएको बताएका छन् । 

अमेरिकी सेनाले छिट्टै विमानस्थल छोड्ने अफवाह फैलिएपछि यसअघि कर्बीले एक ट्विटमार्फत् सम्प्रेषित सन्देशमा ‘काबुलमा उद्धार कार्य ३६ घण्टामा पूरा नहुने र मिसनको अन्त्य नभएसम्म हामी सकेसम्म धेरै मानिसहरूलाई उद्धार गरिरहनेछौँ’ भनेका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ