arrow

काबुल विष्फोटमा ८० जनाको मृत्यु, दुई सय बढी घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
afghanistan-kabul-attack.jpg

काठमाडौं । अफगानिस्तानको काबुल विमानस्थल बाहिर भएका तीन श्रृंखलाबद्ध विस्फोटमा मृत्यु हुने बढिरहेका छन् । शुक्रबार बिहानसम्म ८० जनाको ज्यान गइसकेको छ । घटनामा परी दुई सय बढी घाइते भएका छन् । 

घाइतेमध्ये कयौंको अवस्था गम्भीर रहेको छ । बिहीबार बेलुकी भएको उक्त घटनामा १३ अमेरिकी सैनिकको पनि ज्यान गएको छ । अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलका अनुसार ८० जनाको ज्यान गएको छ भने दुई सय भन्दा बढी घाइते छन् । 

अमेरिकी सेन्ट्रल कमान्ड जनरल क्यानेथ म्याकेन्जीका अनुसार १५ अमेरिकी घाइते भएका छन् । इस्लामिक आतंकवादीहरुबाट विष्फोट गराइएको बताइएको छ । दारुलअमन इलाकामा भारती गोलीबारी भएको समेत जनाइएको छ । 

विमानस्थल बाहिर तीन संदिग्धलाई देखिएको समेत बताइएको छ । यीमध्ये दुई जना आत्मघाती विष्फोटकारी (सुसाइड बम्बर) रहेको पनि जनाइएको छ । 

अफनिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि देश छोड्न काबुल विमानस्थल आसपास भेला भएको भिडलाई लक्षित गरी विस्फोट गराइएको थियो । विष्फोटको तालिबानले निन्दा गरेको छ । 

विस्फोटमा केही तालिबान लडाकुहरू पनि घाइते भएको जनाइएको छ । 

यता अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विमानस्थल बाहिर बम हमला गरिएपनि त्यहाँबाट अमेरिकी तथा अन्य नागरिकको उद्धार कार्य नरोकिने जनाएका छन् । 

अमेरिकी कमान्ड जनरल म्याकेन्जीका अनुसार हाल ५ हजार मानिसहरु काबुल एयरपोर्टमा रहेका छन् । उनीहरु फ्लाइटको पर्खाइमा रहेका छन् ।

१४ अगष्टदेखि अहिलेसम्म एक लाख ४ हजार नागरिकले अफगानिस्तान छाडिसकेका छन् । जसमा ६६ हजार अमेरिकी र ३७ हजार सहयोगी देशका नागरिक हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ