arrow

पाकिस्तानमा बेपत्ताहरूको विवरण पेस नगरेको भन्दै अदालतद्वारा आन्तरिक सचिवको निन्दा

logo
एजेन्सी
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
Pakistan-Flag.jpg.jpeg

कराँची। पाकिस्तानमा उच्च अदालतले बेपत्ताहरूको विवरण पेस नगरेको भन्दै आन्तरिक सचिवको निन्दा गरेको छ। सिन्ध उच्च अदालतले आन्तरिक सचिव युसुफ नसिम खोखरलाई नजरबन्द शिविरमा बेपत्ता भएकाहरूको सम्पूर्ण विवरण तयार पार्न आदेश दिँदै उनीमाथि जारी गरिएको पक्राउ पुर्जी स्मरण गराएको छ ।

बेपत्ताहरूबारे विवरण पेस गर्ने अदालतको आदेश उल्लङ्घन गर्दै आएको भन्दै यसअघि दुई न्यायालयको इजलासले आन्तरिक सचिव खोखरलाई गैर जमानती पक्राउ पुर्जी जारी गरेको थियो।

खेबर पख्तुन्ख्वास्थित विभिन्न नजरबन्द शिविरहरूमा बेपत्ता भएकाहरूबारे विवरण पेस गर्न अदालतले खोखरलाई आदेश दिएको थियो । तर अदालतको आदेश पालना नगरेको र धेरै बेपत्ताहरूको आवेदन पछि खोखरलाई गैर जमानती पक्राउ पुर्जी जारी गरेको थियो ।

अदालतको आदेश पालना गर्न असफल भएको भन्दै आन्तरिक सचिव खोखर सहित एक उच्च सङ्घीय कानुन अधिकारी अदालतमा उपस्थित भएका थिए । खोखरले आफू न्यायालयको पूर्ण सम्मान गर्ने भन्दै बेपत्ताहरूमाथि अनुसन्धानमा सक्रिय रहेको दाबी गरे । 

कराँचीका बेपत्ता भएकाहरू खेबर पख्तुन्ख्वास्थित नजरबन्द शिविरहरूमा बन्दी बनाइएको छ छैन अनुसन्धान गरिरहेको उनले दाबी गरे । बेपत्ता छानबिन आयोग गठन भएयता बेपत्ता हुने सङ्ख्याका आधारमा खेबर पख्तुन्ख्वा शीर्ष स्थान रहेको रिपोर्टहरूले जनाएको छ । 

गत वर्ष डिसेम्बरसम्म खेबर पख्तुन्ख्वामा मात्रै दुई हजार नौ सय बयालिस जना बेपत्ता भएको मुद्दा दर्ता भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ