arrow

आतङ्कवाद विरुद्ध लड्न भारत र काजकिस्तानबिच संयुक्त सैन्य प्रशिक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
india-kagakistan.JPG

आइएनएन । भारत र काजकिस्तान बिच संयुक्त प्रशिक्षण अभ्यास हुन लागेको छ। काजीन्द -२१ को ५ औँ संस्करण काजकिस्तानको आयशा बीबी क्षेत्रमा आयोजना गरिनेछ।

सैन्य कूटनीतिको एक हिस्साको रूपमा र काजकिस्तान सँग बढ्दो रणनीतिक सम्बन्ध सुदृढ पार्न भारत-काजकिस्तान बिच संयुक्त प्रशिक्षण गर्न लागिएको भारतले जनाएको छ । अभ्यास अगस्ट ३० तारिख देखि सेप्टेम्बर  ११ सम्म चल्नेछ । 

भारतीय सेनाको एक टुकडीको प्रतिनिधित्व विहार रेजिमेन्ट को एक बटालियनले गर्नेछ । टुकडीमा कमान्डरको मातहतमा ९० जना कर्मचारी रहनेछन् भने काजकिस्तानको तर्फबाट  सेनाको एक कम्पनीले प्रतिनिधित्व गर्ने छ।

यस अभ्यासले भारत र काजकिस्तानको सशस्त्र सेनालाई संयुक्त राष्ट्रको जनादेश अनुसार पहाडी, ग्रामीण परिदृश्यमा उग्र वाद/आतङ्कवाद विरुद्ध प्रशिक्षण दिनेछ।

यस संयुक्त अभ्यास मार्फत सशस्त्र सेनालाई पेशेवर आदान प्रदान, आतङ्कवाद विरुद्ध योजनाबद्ध रूपमा अभियान सञ्चालन तथा आ-आफ्ना अनुभव, सीप र कौशल साटासाट गर्ने मौका दिइनेछ।

यो अभ्यास ४८ घण्टाको लागि सञ्चालन गरिनेछ। सेनालाई एक अर्ध-ग्रामीण परिदृश्य मा आतङ्कवादी विरुद्ध कसरी लड्ने भनेर प्रशिक्षण प्रदान गरिनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ