arrow

भारतद्वारा काबुल बम विस्फोटको निन्दा, आक्रमणहरू अझै हुने अनुमान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
kabul-bomb-bispot.JPG

आइएनएन ।  भारतले काबुल विमानस्थल नजिकै भएको घातक बम विस्फोटको कडा शब्दमा निन्दा गरेको छ। सो विस्फोटमा परी ६० जना अफगान नागरिक र १३ जना अमेरिकी सैनिक मारिएका छन् भने दर्जनौँ भन्दा बढी घाइते भएका छन्।

 "यस आतंकवादी आक्रमणले सम्पूर्ण विश्व आतंकवाद विरुद्ध र आतङ्ककारीलाई समर्थन दिने तत्त्व विरुद्ध एकजुट भएर लड्नु पर्ने देखाएको छ।भारतले काबुलमा भएको बम विस्फोटको कडा शब्दमा निन्दा गर्दछ। हामी यस आतंकवादी आक्रमणमा मारिएकाहरूको परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौँ। हाम्रो बिचार र प्रार्थना घाइतेहरू को साथ छ। "विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्ति मा भनेको छ।

तालिबानले अगस्ट १५ तारिखमा काबुललाई नियन्त्रण लिएपछि यो पहिलो ठुलो आक्रमण हो। मिडिया रिपोर्टका अनुसार बिहीबार काबुल विमानस्थल नजिकै दुई वटा बम विस्फोटमा परी कम्तीमा ६० अफगान नागरिक, १३ अमेरिकी सैनिक मारिएका छन् र सयौँ घाइते भएका छन्। एउटा विस्फोट विमानस्थलको प्रवेशद्वार नजिक भएको थियो र अर्को एउटा होटेल बाट अलि टाढा भएको थियो।

अमेरिकी सैन्य अधिकारीका अनुसार यस्ता आक्रमणहरू अझै हुने अनुमान गरिएको छ। काबुल विमानस्थल हाल अमेरिकी सशस्त्र सेनाको नियन्त्रणमा छ र उनीहरू अफगानिस्तान छोड्न चाहने नागरिकलाई सघाइरहेका छन्। मिडिया रिपोर्टका अनुसार इस्लामिक स्टेट खोरासन (आईएस-के) ले आक्रमणको जिम्मेवारी लिएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्ना नागरिक फिर्ता लाने प्रक्रिया नरोक्ने प्रतिबद्धता जनाएका छन्। उनले अमेरिकाले बम विस्फोटका लागि जिम्मेवारहरूलाई नछाड्ने पनि प्रतिक्रिया दिएका छन्। जो यस आक्रमण का लागि जिम्मेवार छन्, जो अमेरिका को हानी गर्न चाहन्छन्, यति बुझ्नु कि हामी यो आक्रमण बिर्सने छैनौँ, आक्रमणको जिम्मेवार लाई माफी दिइनेछैनौँ र हामी यसको बदला अवश्य लिनेछौँ।"

काबुल विमानस्थलमा हजारौँ नागरिक अझै फसेका छन् र पछिल्लो आक्रमणका कारण फिर्ती प्रक्रिया झन् ढिलो हुनसक्छ। यसअघि कम्तीमा १ सय ४० जना अफगान सिख र हिन्दु र अन्यलाई तालिबानले काबुल विमानस्थलमा जानबाट रोकेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ