arrow

संवैधनिक परिषद्सम्बन्धी अध्यादेशको सुनुवाइबाट प्रधानन्यायाधीश अलग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
cholendra1.jpg

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संवैधनिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइबाट अलग भएका छन् । 

प्रधानन्यायाधीश जबराले संवैधनिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइमा नबस्ने घोषणा गरेका हुन् । उनी सो मुद्दाको सुनुवाइ हुने दिनमा बिदा बस्ने छन् । उनलाई सो मुद्दामा विपक्षी बनाइएको छ । 

अब उनको स्थानमा बरिष्ठ न्यायाधीश दिपककुमार कार्कीले कायममूकायम प्रधानन्यायाधीशका रुपमा रहेर संवैधानिक इजलासको पेशी तोक्ने छन् । 

सो मुद्दामा प्रधानन्यायाधीशसमेत जोडिएको गुनासो बढेपछि सुनुवाइ प्रभावित हुन नदिन प्रधानन्यायाधीशले यस्तो निर्णय लिएको बताइएको छ । 

प्रधानन्यायाधीश जबराले संवैधानिक इजलासका अन्य न्यायाधीशसँगको छलफलपछि आफू इजलाशबाट बाहिरिने निर्णय लिएका हुन् । 

संवैधानिक परिषदले गरेका नियुक्ति खारेजीसम्बन्धी मुद्दाको सुनुवाइ अब संवैधानिक इजलासमा अर्को शुक्रवारलाई पेसी तोकिएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणा बस्न नमिल्ने रिट निवेदकले माग गरेका थिए । 

अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीश समेत विपक्षी रहेको भन्दै उनी इजलासमा बस्न नमिल्ने भन्दै बहस गरेका थिए । 

संवैधानिक इजलासमा राणासहित, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ