- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सरकारमा जान तीब्र इच्छा देखाएका लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूलाई सरकारमा जानबाट रोक्न जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तगारो बनेका छन्। लोसपाका नेताहरू जसपाबाटै फुटेका हुन । त्यसैले लोसपा सरकारमा नजाओस भन्ने जसपाको चाहना छ ।
लोसपा सरकारमा गयो भने जसपाले पाउने एक भाग कम हुन्छ । लोसपा सरकारमा जाने वित्तिकै जसपाले ५ मन्त्रालय मात्र पाउछ । जसपाले ६ मन्त्रालयमा दावी गरेको छ । यद्यपि उसले ५ मन्त्री र एक राज्यमन्त्री पाउने सम्भावना रहेको बतान्छ ।
स्रोतका अनुसार लोसपालाई सरकारमा नलैजान जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर आग्रह गरेको छन् ।
जसपा सत्तारुढ गठबन्धनको एक सदस्य भएको हैसियसले पनि यादवको आग्रहलाई प्रधानमन्त्री र दाहालले गम्भिरतापूर्वक लिएको स्रोतको भनाइ छ । जसपाका एक शिर्ष नेताले भने, ‘हामीले प्रयास गरेको भए उहाँहरुसँग पार्टी फुटाउनकोलागि संख्या पुग्दैनथ्यो । यसमा हामी उदार भयौ ।’ केपी नेतृत्वको प्रतिगमन सरकारमा सहभागी भएकाहरूलाई किन यसटक मन्त्री बनाउने रु’ती नेताले प्रश्न गरे । उनले आफ्नो नाम खु्लाउन चाहेनन ।
जसपाका शिर्ष नेताहरू हाल प्रदेश स्तरीय कार्यक्रममा सहभागी हुन विभिन्न प्रदेशमा पुगेका छन् । भदौ १३ गते उनीहरू काठमाडौ आउने भएका छन् । काठमाडौ बाहिर जानु अघि नै यादवले प्रधानमन्त्री र दाहालसँग भेटेको स्रोतले बतायो । स्रोतका अनुसार जसपाका नेताहरु काठमाडौ आए पछि मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।
शुक्रबार पार्टी कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै लोसपका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने विषयमा प्रधानमन्त्रीसँग कुराकानी नभएको बताए । सरकारमा जान प्रमले आग्रह गरेमा आफूहरूले त्यसबारेमा छलफल गर्ने बताए । स्रोतका अनुसार यसपटक सरकारमा जान लोसपाका नेताहरुले चाहना देखाएका छन् । लोसपा स्रोत भन्छ, कम्तीमा २ वटा मन्त्री र एउटा राज्यमन्त्री पाउने लोसपाको चाहना भएपनि सरकारमा जाने सम्भावना निश्चित छैन ।
ओली नेतृत्व सरकारमा लोसपाका १० मन्त्री १९ दिनसम्म र एक मन्त्री १३ दिनसम्म मन्त्री भएका थिए । सर्वोच्चको आदेश पछि उनीहरु सरकारबाट बाहिरिएका थिए ।