जसपा नेपालले टुङ्गो लगायो रुपन्देहीका उम्मेदवार, यस्तो छ सूची
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २२ मंगलबार
832
Shares
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रका सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
जसपा नेपालका जिल्ला अध्यक्ष सियाराम यादवका अनुसार पार्टीले चुनावी तयारीलाई तीव्रता दिँदै जिल्लाका सबै क्षेत्रका लागि उम्मेदवारहरूको नामावली टुङ्गो लगाएको हो।
सिफारिस गरिएका नामहरूमा क्षेत्र नं १ बाट मोहम्मद असलम खान, चन्द्रभान तिवारी र कान्छा कोहार रहेका छन् भने क्षेत्र नं २ बाट दीपक गुरुङको नाम मात्र सिफारिस गरिएको छ।
त्यसैगरी, क्षेत्र नं ३ का लागि कैलाश गुरुङ, निलम यादव र स्वयं जिल्ला अध्यक्ष सियाराम यादवको नाम सिफारिस भएको छ।
निर्वाचन क्षेत्र नं ४ बाट रामअवतार यादवको नाम अगाडि सारिएको छ भने क्षेत्र नं ५ का लागि मोहम्मद वाहीद फकिर, निधिलाल केवट, गोविन्द कोहार र राजकुमार लोधको नाम सिफारिस गरिएको जसपा नेपाल जिल्ला समितिले जनाएको छ।
फागुन २१ को निर्वाचनका लागि जिल्लाले सिफारिस गरेका यी नामहरूमाथि अब केन्द्रले अन्तिम निर्णय लिनेछ।