arrow

अमेरिकाले अफगानिस्तानमा ड्रोन खसाल्यो, काबुल विष्फोटका मास्टरमाइन्ड मारेको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १२ शनिबार
Drone-attack.jpg.jpeg
तस्वीर–फाइल ।

काठमाडौं । अमेरिकाले अफगानिस्तानमा ड्रोन आक्रमण गरेको छ । आतंकवादी समूह आईएसआईएसका लडाकुहरु मार्नका लागि अमेरिकाले ड्रोन आक्रमण गरेको हो । 

उक्त आक्रमणमा काबुल विष्फोटको मास्टरमाइन्ड मारिएको दाबी अमेरिकाले गरेको छ । पेन्टागनले भनेको छ, ‘हामीले लक्षित समूहलाई मारेका छौं ।’ अमेरिकाले काबलु विमानस्थलबाट तुरुन्त हट्नसमेत आफ्ना नागरिकलाई आग्रह गरेको छ । 

सीएनएनका अनुसार अमेरिकी सेन्ट्रल कमाण्डका प्रवक्ता क्याप्टेन बिल उर्बानले विज्ञप्तिमार्फत काबुल विष्फोटका योजनाकार मारिएको पुष्टि गरेका हुन् । उनले अन्य कुनै नागरिक नमारिएको समेत बताएका छन् । 

आईएसआईएसले गत बिहीबार राजधानी काबुलको विमानस्थल बाहिर आत्मघाती विष्फोट गराएको थियो । उक्त घटनामा कम्तीमा १७० जनाको ज्यान गएको छ भने १२ सय भन्दा बढी घाइते भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ