arrow

भारतमा कोरोना खोपको नयाँ रेकर्ड, एक दिनमै एक करोड बढीलाई खोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १२ शनिबार
corona-vaccine-india.jpg

काठमाडौं । भारतमा एक दिनमै एक करोड भन्दा बढी जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । शुक्रबार २७ अगस्टका दिन भारतमा एक करोड भन्दा बढीलाई खोप लगाइएको हो । 

भारतमा एकै दिन लगाइएको यो सबैभन्दा बढी डोज खोप हो । यसअघि गत १६ अगष्टमा ९२ लाख जनालाई खोप लगाइएको थियो । त्यस्तै २५ अगष्टमा ८४ लाख जनाले खोप लगाएका थिए । कोविन पोर्टलका अनुसार २६ अगष्टमा ७९ लाख ४८ हजार खोप लगाइएको थियो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक संजालमा शुक्रबार रकेर्ड कायम भएको बताएका थिए । 

योसँगै भारतमा ६२ करोड बढीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी उत्तर प्रदेशमा २८ लाख ६२ हजार खोप लगाइएको थियो । त्यस्तै कर्नाटकमा १० लाख ७९ हजार तथा महाराष्ट्रमा ९ लाख ८४ लाख खोप लगाइयो । 

भारतमा १६ जनवरीदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो । २२४ दिनको अवधिमा ६२ करोड बढीले खोप लगाइसकेका छन् । जसमा ४८ करोडलाई पहिलो र १४ करोडले दुवै डोज खोप लगाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ