- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा कोरोना भाइरसको तेस्रो लहर आएको आशंका गरिएको छ । पछिल्लो तीन दिन लगातार कोरोना भाइरसका संक्रमित बढेसँगै भारतमा तेस्रो लहर आएको आशंका गरिएको हो ।
शुक्रबार ४६ हजार ७९८ जना नयाँ संक्रमित फेला परेका छन् । यो लगातार तेस्रो दिन हो जहाँ ४० हजार भन्दा बढी संक्रमित भेटिएका छन् ।
यसअघि बुधबार ४६ हजार २८० तथा बिहीबार ४४ हजार ५५० संक्रमित थपिएका थिए ।
शुक्रबार ३१ हजार ३३३ संक्रमितलाई निको हुँदा ५१४ जनाको ज्यान गएको छ । भारतमा सक्रिय संक्रमित बढेर ३ लाख ५३ हजार ६४१ पुगेका छन् । अहिलेसम्म ४ लाख ३७ हजार ४०३ जनाको ज्यान गइसकेको छ ।
केरल सबैभन्दा टाउको दुखाई बनेको छ । त्यहाँ तीन दिनमा ३० हजार भन्दा बढी संक्रमित भेटिएका छन् । शुक्रबार मात्रै ३२ हजार ८०१ संक्रमित भेटिए ।
खोप पनि तीव्र गतिमा
संक्रमित थपिँदै जाँदा भारतमा एक दिनमै एक करोड भन्दा बढी जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । शुक्रबार २७ अगस्टका दिन भारतमा एक करोड भन्दा बढीलाई खोप लगाइएको हो ।
भारतमा एकै दिन लगाइएको यो सबैभन्दा बढी डोज खोप हो । यसअघि गत १६ अगष्टमा ९२ लाख जनालाई खोप लगाइएको थियो । त्यस्तै २५ अगष्टमा ८४ लाख जनाले खोप लगाएका थिए । कोविन पोर्टलका अनुसार २६ अगष्टमा ७९ लाख ४८ हजार खोप लगाइएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक संजालमा शुक्रबार रकेर्ड कायम भएको बताएका थिए ।
योसँगै भारतमा ६२ करोड बढीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी उत्तर प्रदेशमा २८ लाख ६२ हजार खोप लगाइएको थियो । त्यस्तै कर्नाटकमा १० लाख ७९ हजार तथा महाराष्ट्रमा ९ लाख ८४ लाख खोप लगाइयो ।
भारतमा १६ जनवरीदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो । २२४ दिनको अवधिमा ६२ करोड बढीले खोप लगाइसकेका छन् । जसमा ४८ करोडलाई पहिलो र १४ करोडले दुवै डोज खोप लगाएका छन् ।