arrow

गोकुल बाँस्कोटाले ईमेल आईडी बनाउन खर्चिएको १९ करोड ७७ लाख रुपैयाँ वालुवामा पानी सरह

प्रति व्यक्ति १० हजार खर्च गरेर बनाएको ईमेल आईडी लगइन नै हुँदैन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १२ शनिबार
Gokul-Baskota.jpg

काठमाडौं। गोकुल वास्कोटा सञ्चारमन्त्री भएको बेला सरकारी कर्मचारीकोलागि २०७६ वैशाखमा प्रति व्यक्ति १० हजार खर्च गरेर बनाइएको इमेल आइडी अहिले कसैले प्रयोग गर्दैन । ती इमेल आइडी हाल अधिकांश निष्कृय अवस्थामा छन् । इमेल आइडी बनाउन तत्कालिन केपी ओली सरकारले प्रति व्यक्ति दश हजार खर्च गरेको थियो ।

यस विषयमा महालेखा परिक्षक कार्यालयको ५८औं वार्षिक प्रतिबेदनमा प्रश्न उठाइएको छ । सञ्चार मन्त्रालय स्रोतका अनुसार, इमेल आइडीमा प्रति व्यक्ति १० हजार खर्च गर्ने आइडिया तत्कालिन सञ्चारमन्त्री बाँस्कोटाले निकालेका थिए ।

२० हजार इमेल आइडी बनाउनकोलागि सञ्चारमन्त्रालयले १९ करोड ७७ लाख ४७ हजार रुपैयाँ खर्च गरेको प्रतिबेदनमा जनाइएको छ । यस काममा प्रत्येक कर्मचारीकोलागि प्रति व्यक्ति ९हजार ८सय ८७ रुपैयाँ खर्च गरिएको थियो । तर त्यसबेला १२ हजार १ सय ७८ कर्मचारीको मात्र इमेल आइडी बन्यो । बाँकि कर्मचारीकोको इमेल आइडी नबनाएरै राज्यको व्ययभार थपियो ।

पहिलो लटमा १० हजार कर्मचारीकोलागि र अर्को लटमा १० हजार कर्मचारीकोलागि गरी कुल २० हजार कर्मचारीकोलागि जिम्ब्राको इन्टरप्राइजेज इमेल सिस्टमबाट इमेल एकान्ट, लाइसेन्स र सेक्युरिटी खरिदकोलागि २० करोड खर्च गरिएको थियो ।

अझै उदेक लाग्दो कुरा के छ भने, त्यती ठूलो खर्च गरेर बनाइएको इमेल आइडि सरकारी कर्मचारीहरुले प्रयोग नै गर्दैनन । ५८औ वार्षिक प्रतिबेदनमा २० करोड खर्च गरेर बनाइएको इमेल आइडीमध्ये ७५ प्रतिशतभन्दा बढी आइडी हाल निष्कृय छन् ।

प्रतिबेदन अनुसार १ हजार ८ कर्मचारीले १ वर्षदेखि इमेल आइडी लगइन गरेका छैनन । यसैगरी २ हजार ९ सय ६० कर्मचारीले पछिल्लो तीन महिनादेखि र ३ हजार ७ सय ९३ कर्मचारीले एक महिनादेखि इमेल आइडी लगइन नै गरेका छैनन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ