arrow

'२४ देखि ३६ घण्टाभित्र काबुल विमानस्थलमा आक्रमण हुने' चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १३ आइतबार
kabul.jpg

काठमाडौँ । अमेरिकाले काबुल विमानस्थलमा आक्रमण हुनसक्ने 'विशिष्ट र विश्वसनीय खतरा' रहेको भन्दै चेतावनी दिएको छ ।

अमेरिकी सेनाले अफगानिस्तानबाट बाहिरिनुअघि आफ्ना नागरिकहरूको अन्तिम चरणको उद्धार गरिरहेका बेला दोस्रो आक्रमणको खतरा भएको चेतावनी आएको हो ।

यसअघि बिहीबार राति काबुल विमानस्थलमा आत्मघाती बम आक्रमण भएको थियो । सो आक्रमणमा परि १३ अमेरिकी सेना र ७० भन्दा बढी अफगानीले ज्यान गुमाएका थिए ।

अफगानिस्तान स्थित अमेरिकी दूतावासले विमानस्थलका केही मुख्य ठाउँहरूमा आक्रमण हुनसक्ने चेतावनी दिएको हो । खासमा दूतावासको प्रवेशद्वारमा पनि खतरा रहेको बताइएको छ ।

यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना कमान्डरहरूलाई आउँदो २४ देखि ३६ घण्टाभित्र आक्रमण हुनसक्ने सूचना प्राप्त भएको बताएका छन् । अमेरिकी सेनाले विमानस्थल भित्र रहेका करिब १ हजार नागरिकको उद्धार गरिरहेको बताइएको छ ।

यद्यपि, अफगानिस्तानबाट बाहिरिन अमेरिकी सेनाको अन्तिम फ्लाइट कहिले र कति बजे हुँदै छ भनेर अहिले नै निश्चित नभइसकेको बताइएको छ । पर्सि अर्थात् अगस्त ३१ मा अमेरिका अफगानिस्तानबाट सेनासहित बाहिरिनेछ ।

योसँगै अफगानिस्तानमा पूर्ण रुपमा शासन गर्नका लागि तालिबान समूह लगभग तयार भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ