arrow

काबुलबाट सेनासहित पूर्ण रूपमा बाहिरियो बेलायत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १३ आइतबार
UK-troops.jpg

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलबाट सम्पूर्ण बेलायती सेना बाहिरिएको डाउनिङ स्ट्रिटले पुष्टि गरेको छ । काबुलमा रहेको अन्तिम बेलायती सेना आइतबार आरएएफ विमानमार्फत बाहिरिएको हो ।

योसँगै अफगानिस्तानमा बेलायतको २० वर्ष लामो संलग्नता समाप्त भएको छ । अफगानिस्तानबाट बाहिरिने क्रममा अगस्त १४ यता बेलायतले १५ हजार भन्दा बढी नागरिकको उद्धार गरेको बताएको छ ।

जसमा करिब ५ हजार बेलायती र ८ हजार अन्य देशका नागरिकहरू रहेको बताइएको छ । बेलायतका प्रधानमन्त्री बोरिस् जोन्सनले यस अवधिमा अल कायदालाई कमजोर पार्न सफल भएको बताएका छन् । 

यस युद्धका क्रममा ज्यान गुमाउनका पुगेका ४ सय ५७ सैन्यप्रति प्रधानमन्त्री बोरिस् दुख व्यक्त गरेका छन् । यस्तै उनले काबुलको पतन हेर्न असह्य भएको समेत बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ