arrow

ब्रजिलका राष्ट्रपति भन्छन्- 'मेरो हत्या हुन्छ, गिरफ्तार हुन्छु या जित्छु'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १३ आइतबार
jair-bolsonaro-brazil-president1.jpg

काठमाडौं । ब्रजिलका राष्ट्रपति जैर बोल्सोनारोले अर्को वर्षको राष्ट्रपतीय निर्वाचनमा आफूले तीन वटा विकल्प देखेको बताएका छन् । उनले भनेका छन्, 'मसँग मेरो भविष्यको तीन वटा विकल्प छ, म गिरफ्तार हुन्छु, मेरो हत्या हुन्छ या जित्छु ।'

दक्षिणपन्थी पपुलिस्ट नेता बोल्सोनारो आउँदो वर्षको राष्ट्रपतीय निर्वाचनमा वामपन्थी पूर्व राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भासँग भिड्दै छन् ।

भूतपूर्व सैन्य अधिकारीसमेत रहेका बोल्सोनारोले जेल जानका लागि पृथ्वीमा कुनै मानिसले आफुलाई धम्की दिन नसक्ने टिप्पणी गरेका छन् ।

सन् २०१८ को चुनावी अभियानका क्रममा बोल्सोनारोमाथि छुरा प्रहार भएको थियो । उनी मृत्युको मुखबाट बाँचेका थिए ।

यति बेला ब्राजिलको न्यायपालिका र निर्वाचन अधिकारीहरू बिच राष्ट्रपति बोल्सोनारोको कडा विवाद जारी छ ।

६६ वर्षीय राष्ट्रपति बोल्सोनारोले ब्राजिलको इलेक्ट्रोनिक भोटिङ सिस्टमको विषयलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ