- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काबुल। अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) सैनिकको अन्तिम उद्धार उडानसँगै शनिवारदेखि काबुल विमानस्थल प्रवेशमा तत्कालका लागि थप कडाइ गरिएको तालिबान समूहले बताएको छ।
तालिबान समूहले अफगानिस्तानको राजधानीलगायत प्राय सबै प्रान्तलाई आफ्नो कब्जामा लिएपछि उनीहरूको शासन कठोर हुने त्रासले दैनिक हजारौँको सङ्ख्यामा अफगानहरू बाहिरिने क्रम जारी रहेकै समय तालिबान समूहले विमानस्थल प्रवेशमा कडाइ गरेको हो।
तालिबान नेताहरूले विदेश पलायन हुन लागेका अफगानहरूको देशमा नै सुरक्षाको प्रत्याभूत गरिने यसअघि नै बताउँदै आएको थियो। अफगान नागरिकलाई स्वदेशमा नै रही काम गर्ने वातावरण निर्माण गरिने,सरिया कानुन अन्तर्गत रहेर महिलाहरूका अधिकारलाई प्रत्याभूत गरिने र विदेशी कूटनीतिज्ञलाई सुरक्षाको प्रत्याभूत गरिने लगायतका प्रतिबद्धता तालिबान नेताहरूले गरेका छन्।
यद्यपि अतिवादी जिहादी समूहको भनाइजस्तो शासन हुनेमा कमैले विश्वास गरेका कारण ठुलो जनशक्ति विदेशिएको छ।
शनिवारको सूचनामा काबुल विमानस्थलमा ‘आगामी २४–३६ घण्टामा अर्को आतङ्ककारी हमलाको अत्यधिक सम्भावना’ रहेको अमेरिकी अधिकारीले चेतावनी दिएका छन्।
यसैबीच, शनिवारदेखि नै विमानस्थलसम्म पुग्ने सडकका ठाउँ ठाउँमा अवरोध खडा गरेका छन्। ती स्थानहरूमा केही वर्दीधारी तालिबान सेनाहरूले ह्युमभेस र अफगान सुरक्षा बलबाट कब्जा गरेको नाइट भिजन चश्माद्वारा अवलोकन गरिरहेका युरोन्युजले बताएको छ। विमानस्थल प्रवेश गर्ने सबै नाकालाई तालिबानले नियन्त्रणमा लिई प्रवेशमा निकै कडाइ गरेका विमानस्थलमा कार्यरत एक अफगान अधिकारीले नाम गोप्य राख्ने सर्तमा बताए।
विमानस्थलमा गरिएको आक्रमणमा १७० जनाभन्दा बढीको ज्यान गुमेको बदलामा गत हप्ता अमेरिकी हवाई आक्रमणमा कान्दाहारमा स्लामिक स्टेट (आइएस) लाई लक्षित गरी गरेको आक्रमण सो समूहका सदस्यहरूको मृत्यु भएको थियो।