arrow

भारतमा दैनिक संक्रमण दर २.४५ प्रतिशत

logo
पीटीआई,
प्रकाशित २०७८ भदौ १३ आइतबार
corona-vaccine-india.jpg

नयाँ दिल्ली । भारतमा कोभिड-१९ संक्रमितको सङ्ख्या पछिल्लो एक दिनमा ४४ हजार ६५८ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यससँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएका व्यक्तिको सङ्ख्या तीन करोड ४४ हजार ८९९ पुगेको छ । 

मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा कोभिड-१९ संक्रमित चार लाख ३६ हजार ८६१ जनाको मृत्यु भइसकेको छ । अहिले सक्रिय संक्रमितको सङ्ख्या १. ०३ प्रतिशत रहेको छ भने ९७.६३ प्रतिशत संक्रमित निको भइसकेका छन् । 

भारतमा दैनिक संक्रमण दर २.४५ प्रतिशत रहेको र संक्रमितको सङ्ख्या दैनिक १० हजारभन्दा बढीले वृद्धि भइरहेको छ । 

मन्त्रालयका अनुसार कोभिड-१९ निको भएका व्यक्तिहरूको सङ्ख्या तीन करोड १८ लाख २१ हजारभन्दा बढी पुगेको छ । अहिले संक्रमित अवस्थामा रहेका विरामीमध्ये १.३४ प्रतिशतको अवस्था गम्भीर भएको र उनीहरूले देशको विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा उपचार सेवा लिइरहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ