arrow

भारत : तीन महिनामा भित्रियो २२.५३ अर्ब अमेरिकी डलरको वैदेशिक लगानी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १३ आइतबार
india-fdi-policy.jpg

आइएनएन । भारतले आर्थिक वर्ष २०२१-२२ को पहिलो तीन महिना (अप्रिल देखि जून २०२१) को अवधिमा २२.५३ अर्ब अमेरिकी डलर को कुल प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्राएको छ।

गत वर्ष को समान अवधिको तुलनामा ९० प्रतिशतले वृद्धि देखिएको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा ११.८४ अर्ब अमेरिकी डलर एफडीआई भित्रिएको थियो।

केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयका अनुसार आर्थिक वर्ष २०२१-२२ को पहिलो तीन महिनामा एफडीआई प्रवाहमा १ सय ६८ प्रतिशतले वृद्धि भएको छ।

यस आर्थिक वर्षको‌ पहिलो तीन महिनामा सवारी साधन उद्योगले सबैभन्दा बढी वैदेशिक लगानी भित्र्याएको छ। कुल एफडीआई प्रवाहको २७ प्रतिशत प्रवाह यसै उद्योगले भित्राएको छ भने कम्प्युटर सफ्टवेयर र हार्डवेयर ले १७ प्रतिशत लगानी भित्राएको छ र सेवा क्षेत्र ले ११ प्रतिशत लगानी भित्राएको छ।‌‌

कर्नाटक को सवारीसाधन उद्योग क्षेत्र ले सबैभन्दा बढी लगानी आकर्षित गर्न सफल भएको छ। देशमा भएको कुल सवारीसाधन उद्योग एफडीआई प्रवाहको ८८ प्रतिशत हिस्सा कर्नाटक को सवारीसाधन उद्योग ले ओगटेको छ।

वाणिज्य मन्त्रालयले शनिवार जारी गरेको आधिकारिक तथ्याङ्क अनुसार यस आर्थिक वर्ष २०२१-२२ मा कर्नाटक ले ४८ प्रतिशत एफडीआई इक्विटी प्रवाह प्राप्त गर्न सफल भएको छ।यस पछि महाराष्ट्र ले(२३%) र दिल्लीले (११%) एफडीआई इक्विटी प्रवाह प्राप्त गर्न सफल भएका छन्।

सरकारले एफडीआई प्रवाहमा भएको वृद्धिको श्रेय सरकारको एफडीआई नीति सुधार, लगानी सुविधा र व्यवसाय सहजताका लागि अपनाइएका उपायहरूलाई दिएको छ। वाणिज्य मन्त्रालयका अनुसार भारत वैदेशिक लगानी का निम्ति एक आकर्षक गन्तव्य स्थल बन्दै गएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ