arrow

अमेरिकाले ‘सुसाइड बम्बर’ को कार उडायो, छ बालबालिकासहित नौको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १४ सोमबार
afghanistan-attack-car.jpg

काठमाडौं । अफगानिस्तानमा अमेरिकाले गरेको हवाई आक्रमणमा परी ६ बालबालिकासहित ९ जनाको मृत्यु भएको छ । अफगानिस्तानमा आतंकवादी हमला हुन सक्ने देखिएसँगै सजग रहेको अमेरिकाले ‘सुसाइड बम्बर’ सवार कारमा ड्रोन आक्रमण गर्दै उक्त कार उडाएको हो । 

जसका कारण ६ बालबालिकासहित ९ जनाको ज्यान गएको हो । बताइए अनुसार अमेरिकाले काबुल एयरपोर्टतर्फ जाँदै गरेको सुसाइड बम्बर सवार कारलाई उडाउने क्रममा उक्त आक्रमण भएको हो । 

अहिलेसम्म मारिने आतंकवादीको बारेमा भने कुनै जानकारी प्राप्त नभएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । मारिनेहरुमा अमेरिकाका लागि काम गरिरहेका एक भाषा अनुवादक जमरे अहमदी र एक पूर्व अफगान अधिकृत नसीर नजाबी पनि रहेका छन् । नसीरको सोमबार मात्र बिहे हुँदै थियो । 

अमेरिकाले आइतबार साँझ काबुल एयरपोर्ट नजिक एयर स्ट्राइक गरेको र त्यहाँ रहेको अफगानिस्तानको सबैभन्दा खतरनाक आतंकवादी समूह आईएसआईएस–के का एक सुसाइड बम्बरले कारमा भारी मात्रामा रहेको  विष्फोटक पदार्थ लिएर एयरपोर्ट लैजाँदै गर्दा ड्रोनले उक्त कारमा आक्रमण गरेको जनाएको छ । 

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि दुई सातादेखि जनजीवन अस्तव्यस्त भएको छ । थुप्रैको ज्यान गइसकेको छ । गत बिहीबारमात्र काबुल विमानस्थल बाहिर भएको विष्फोटमा १७० जनाको ज्यान गएको थियो भने हजार बढी घाइते भएका छन् । 

यसैबीच अमेरिकाले काबुलमा मारिएका आफ्ना १३ सैनिकको सम्झनामा सोमबार शोक मनाउँदै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ