arrow

दार्चुलामा बाढी पहिरोले जनधनको क्षतिः एक जनाको मृत्यु, दुई बेपत्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १४ सोमबार
pahiro-darchula.jpg

दार्चुला । लगातार भइरहेको वर्षाले दार्चुलाका विभिन्न ठाउँमा जनधनको क्षति गरेको छ । आइतबार राति पहिरो खस्दा दुँहु गाउँपालिका १ बास्पालीमा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । 

घरमाथिबाट खसेको पहिरोमा पुरिएर बास्पालीका ६५ वर्षीय नर सिंह महरको मृत्यु भएको तथा उनकी ६० वर्षीया श्रीमती कौशिला महर बेपत्ता रहेको स्थानीय राम सिंह महरले जानकारी दिए । यस्तै दुहुँ गाउँपालिका ५ सुत्खोलामा पनि पहिरोले घर पुर्दा ५० वर्षीय मनुवा डडाल बेपत्ता भएको सोमनाथ आधारभुत विद्यालयका शिक्षक मान सिंह डडालले जानकारी दिए ।

वेपत्ता डडालको खोजी भइरहेको जनाइएको छ । बाढी तथा पहिरोले दुहुँ गाउँपालिकाका आधा दर्जन घरहरु जोखिम रहेका छन् । बाढीले २ लघुजलविद्युत आयोजना, २ झोलुङ्गे पुल, १ आरसीसी पुल बगाएको छ ।

यस्तै आइतबार राति नै निजाङ्ग खोलामा आएको बाढीले महाकाली नगरपालिका १ श्रीबगडस्थित तिंकर सडकको पक्की मोटरेबल पुल, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जर पोष्ट र खोला किनारका ४ पसलहरु बगाएको छ । 

घटनास्थलमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी निरीक्षक ध्रुब विष्टले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ