- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिन र मन्त्रालयको भागबन्डा मिलाउन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री निवास वालुवाटारमा शुरु भएको छ ।
आइतबार साँझको छलफलका आधारमा सोमबार बिहान ९ः३० बजेलाई गठबन्धनको बैठक बोलाइएको हो। बैठकमा सरकार विस्तारको विषयमै छलफल भइरहेको वालुवाटार स्रोतले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, जसपा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र बेदुराम भुसाललगायतका नेताहरु सहभागी छन् ।
त्यस्तै नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत सहभागी छन्।
सरकार गठन भएको डेढ महिलासम्म पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।
गत असार २९ गते प्रधानमन्त्री पदको शपथ लिएका देउवा नेतृत्वको मन्त्रिमण्डलमा एक राज्यमन्त्रीसहित नेपाली कांग्रेसका तीन, माओवादी केन्द्रका दुई मन्त्रीले जिम्मेवारी सम्हाल्दै आएका छन् । गठबन्धनमा सहभागी सबै दलले सरकार विस्तारका बारेमा आवश्यक तयारी गरिसकेकाले अब छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिन लागिएको बताइएको छ ।