arrow

एमालेको इलाम-काठमाडौ सम्पर्क मन्च एकीकृत समाजवादीमा समाहित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १४ सोमबार
samajbadi-ILam1.jpg

काठमाडौं। नेकपा(एमाले) इलाम-काठमाडौ सम्पर्क मन्च माधव कुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित हुने निर्णय गरेको छ।

मन्चका अध्यक्ष तुलसी बस्नेतको अध्यक्षता र पार्टीका केन्द्रीय सदस्य प्रेम कुमार खनाल, युवा संघ नेपालका उपमहासचिव राई र प्रदेश नम्बर एकका सदस्य दिपक पौडेल लगायत ५१ जना सदस्यको उपस्थितिमा सम्पन्न सोमबार बसेको बैठकले सर्वसहमतिमा नेकपा एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको मन्चका सचिव विकास रेग्मीले जानकारी दिए । 

यस्तै, बैठकले काठमाडौंमा बसोवास गर्ने इलामेहरुको बृहत् भेला यहि साउन २६ गते गर्ने निर्णय गरेको छ । साथै बैठकले इलाम जिल्ला पार्टी कमिटी तथा सम्पूर्ण जन संघठनहरुलाई नेकपा एकीकृत समाजवादी पार्टीमा गोलबद्ध हुन पनि आहान गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ