arrow

चीन र अमेरिकी विदेशमन्त्रीबीच फोन वार्ता

logo
रासस-सिन्ह्वा
प्रकाशित २०७८ भदौ १४ सोमबार
usa-china-flag.jpg

बेईजिङ। चीन र अमेरिकी विदेशमन्त्रीबीच आइतबार फोन वार्ता भएको छ। चिनियाँ विदेश मन्त्री वाङ यी र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङकेनबीच फोनमा कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ।

समाचारअनुसार उनीहरुबीचको फोन वार्ताका क्रममा चीन र अमेरिका द्विपक्षीय विविध विषयहरूमा कुराकानीका भएको बताइएको छ। यसका अतिरिक्त उनीहरुबीचमा अफगानिस्तानको अहिलेको अवस्थाका बारेमा पनि कुराकानी भएको बताइएको छ।

त्यस क्रममा उनीहरुबीचमा अफगानिस्तानमा अमेरिकीसहित नेटो सेनाको फिर्तीसँगै अफगानिस्तान अहिले निकै अप्ठ्यारो अवस्था रहेको विषयमा पनि कुराकानी भएको थियो।

अमेरिकी सेनाहरू त्यहाँबाट निस्किसकेपछि हालको अफगानिस्तानको अवस्था गम्भीर रहेको अमेरिकी विदेश मन्त्री ब्लिङ्केनले बताएका थिए। साथै उनले अहिलेकै अवस्थामा अफगानिस्तानमा ठुलो सङ्ख्यामा रहेका विदेशी नागरिकहरूलाई त्यहाँबाट उद्धार गर्नुपर्ने चुनौती बाँकी नै रहेको पनि बताए।

यस्तो अवस्थामा सबै विश्वसमुदाय र संयुक्त राज्य अमेरिकासमेत अफगानिस्तानमा रहेका विदेशी नागरिकहरूलाई त्यहाँबाट सकुशल उद्धारका लागि बोल्नुपर्ने पनि उनले बताए।

हाल अफगान नागरिकलाई उनीहरुको अवस्था तथा अधिकारका लागि विश्व समुदायले सहयोग गर्नुपर्नेमा पनि उनीहरुबीच कुराकानी भएको बताइएको छ।

आगामी दिनमा पनि अफगान नागरिकको सुरक्षाका साथै उनीहरूको उद्धार र सहयोगका लागि पनि विश्व समुदायले काम गर्नुपर्ने तथा आगामी दिनमा तालिबानीहरुले के कस्तो नीति अख्तियार गर्नेछन् त्यसमा अफगानिस्तानको भविष्य निर्धारण हुने पनि उनीहरुबीच कुराकानी भएको सो समाचार समितिले जनाएको छ ।

अफगानिस्तानमा अहिले पनि १० हजार जनाभन्दा बढी विदेशीहरू आफ्नो देश फर्किनका लागि बसेका छन् । उनीहरूलाई सुरक्षितरुपमा आफ्नो देश फर्किने व्यवस्थाका लागि आवश्यक सहयोग गर्न विश्व समुदाय र संयुक्त राष्ट्रसङ्घले बोल्नुपर्ने अमेरिकी विदेश मन्त्री ब्लिङ्केनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ