arrow

चिनियाँ लगानीकर्ताहरूसँगको ६ बिलियन डलरको खानी सम्झौता पुनर्विचार गर्दै कङ्गो

logo
एजेन्सी
प्रकाशित २०७८ भदौ १५ मंगलबार
congo-china-investment.jpg

कङ्गो। डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोको सरकारले चिनियाँ लगानीकर्ताहरूसँग ६ बिलियन अमेरिकी डलरको खानी सम्झौता पुनर्विचार गर्ने भएको छ। कङ्गोका वित्त मन्त्री निकोलस काजादीले खनिज अनुबन्धको विस्तृत जाँच गर्नुपर्ने भन्दै चिनियाँ लगानीकर्तासँगको ६ बिलियन डलरको "खनिजहरूको लागी आधारभूत संरचना" सम्झौता समीक्षा गर्ने जानकारी गराएका हुन् ।

राष्ट्रपति फेलिक्स सिसेकेदीले मे मा केही खानी अनुबन्धहरूको समीक्षा गर्न सकिने बताएका थिए । खानी अनुबन्धहरूले कङ्गोलाई पर्याप्त फाइदा नहुने भएकोले समीक्षा गर्ने उनले बताएका थिए । कङ्गो कोबाल्टको विश्वको सबैभन्दा ठुलो उत्पादक र अफ्रिकाको तामाको अग्रणी खानी भएको मुलुक हो । 

उनको सरकारले यही महिना चिनियाँ "मोलिब्डेनम" को विशाल टेन्के फुङगुरुमे तामा र कोबाल्ट खानीमा रहेको भण्डार र स्रोतहरूको पुनर्मूल्यांकन गर्न र "आफ्नो अधिकारको उचित दाबी" गर्नको लागी आयोग गठन गर्ने घोषणा गरेको थियो।

वित्त मन्त्री काजादीले एक अन्तर्वार्तामा सन् २००७ मा चिनियाँ सरकारी स्वामित्वको फर्म सिनोहाइड्रो कर्प र चाइना रेलवे ग्रुप लिमिटेडसँग गरेको सम्झौता "निष्पक्ष" र "प्रभावकारी" छ भनेर सुनिश्चित गर्नको लागी समीक्षा गरिरहेको बताएका थिए । 

सिनोहाइड्रो र चीन रेलवेले भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन । सिनोहाइड्रो र चाइना रेलवेको बहुमतको स्वामित्वमा रहेको कङ्गोको सिकोमाइन कपर एण्ड कोबाल्ट संयुक्त उद्यमका उपमहा निर्देशक एली त्शिंगुलीले पनि कुनै जवाफ दिएनन् । 

यो सम्झौताले काबिलाको देशको विकास योजनाको एक महत्त्वपूर्ण हिस्सा बनेको छ, तर आलोचकहरूले प्रतिज्ञा गरिएका पूर्वाधार परियोजनाहरू मध्ये केही पूरा भएको छ र सम्झौतामा पारदर्शिताको कमीको बारेमा गुनासो गरेका छन् । 

वित्त मन्त्री काजादीले भने यो सम्झौताको समीक्षा कुनै पक्षलाई धम्की दिनका लागि नभएको बताएका छन् । चीनले कङ्गोको ७० प्रतिशत खानिमा नियन्त्रण कायम गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ