arrow

तालिबानीको पछाडि पाकिस्तानको हात रहेको हरेक बच्चालाई पनि थाहा छ : पूर्व अफगान मेयर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १५ मंगलबार
usa-afghanistan-military.jpg
फाइल तस्बिर

नयाँ दिल्ली। अफगानिस्तानकी एक पूर्व मेयर जरिफा गफारीले तालिबानले युद्धग्रस्त देशमाथि कब्जा गर्न पाकिस्तानको महत्त्वपूर्ण भूमिका रहेको बताएकी छन् । अफगानिस्तानको वर्तमान स्थितिको लागि अन्तर्राष्ट्रिय समुदाय पनि जिम्मेवार रहेको उनको तर्क छ । 

उनले अफगानिस्तानका जनताले आतङ्कवाद विरुद्ध आवाज नउठाएको आरोपसमेत लगाएकी छन् । "पाकिस्तानको भूमिका एकदम स्पष्ट छ, अफगानिस्तानको हरेक बच्चालाई पनि यो थाहा छ," २६ वर्षको उमेरमा अफगानिस्तानको राजधानी काबुलको पश्चिममा पर्ने मैदान सहरको मेयर बनेकी गफारीले एएनआईलाई भनिन् । 

२६ वर्षको उमेरमा मैदान सहरको मेयर बनेकी गफारी तालिबानको कब्जापछि जर्मनी भागेकी छन् । थुप्रै पूर्व सरकारी अधिकारीहरू र अफगानिस्तानका विज्ञहरूले पाकिस्तानलाई अफगानिस्तान कब्जा गर्न तालिबानलाई सहयोग गरेको आरोप लगाएका छन् ।

"अफगानिस्तानले आज जे सामना गरिरहेको छ, त्यसको लागी स्थानीय जनता, राजनीतिज्ञ र अन्तर्राष्ट्रिय समुदायसहित सबैलाई दोषी ठहराउनु पर्छ । स्थानीय जनताले आतङ्कवाद लगायत सबै गलत गतिविधि विरुद्ध कहिल्यै एकजुट भएर आवाज उठाएनन्," उनले थपिन् ।

जरिफा गफारीले अब अफगानिस्तानको सङ्कटमा ध्यानाकर्षण गर्न विभिन्न देशका उच्च पदस्थ अधिकारीहरू, राजनीतिज्ञहरू र महिलाहरूलाई भेट्ने सोचमा बनाएकी छन् ।

"मेरो उद्देश्य विभिन्न देशका उच्च पदस्थ अधिकारीहरू, राजनीतिज्ञहरू र महिलाहरूलाई भेटेर उनीहरूलाई अफगानिस्तानको वास्तविक स्थितिको बारेमा सचेत गराउनु हो, र उनीहरूलाई एक आन्दोलनको सुरुवातको लागी मसँग सामेल हुन आग्रह गर्नु हो ।" 

अफगानिस्तानमा उनका पछिल्ला केही दिनहरूको बारेमा बताउँदै गफारीले भनिन्, "तालिबान मेरो खोजीमा घरमा पुगेका थिए, घरको गार्डलाई कुटपिट गरेका छन् । म कसैलाई माफ गर्न सक्दिन किनकि आज मैले विगत २० वर्षका सबै उपलब्धिहरू गुमाएको छु । मसँग आज केही बाँकी छैन । मसँग आज मात्र मेरो जमिनको माटो छ ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ