arrow

उत्तर प्रदेशमा ‘मिस्ट्री फिभर’, ५० बढी बालबालिकाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १६ बुधबार
fever-india.jpg

काठमाडौं । भारतको उत्तर प्रदेशमा अज्ञात रोगबाट ५० बढी बालबालिकाको मृत्यु भएको छ । एक साताको अवधिमा यति धेरै संख्यामा बालबालिकाको मृत्यु भएको हो । बीबीसीले ती बालबालिकामा उच्च ज्वरो आउने, वाकवाकी लाग्ने, पसिना आउने, हाडजोर्नी दुख्ने, हात र खुट्टामा दागहरु देखा पर्ने, रिंगटा लाग्ने लगायतका लक्षण देखिएको थियो । 

सयौंको संख्यामा अस्पतालमा भर्ना भएका छन् । मृत्यु हुनेमा उत्तर प्रदेशको आगरा, मथुरा, मैनपुरी, एटाह, कासगन्ज र फिरोजाबादका बालबालिका रहेका छन् । 

मृतकमा कोरोना भाइरसको संक्रमण भने नभएको बताइएको छ । भारतमा कोरोना भाइरसको संक्रमण कम हुँदै गएका बेलामा एक्कासी उत्तरप्रदेशमा देखिएको यो अज्ञात रोगले भने चिन्ता थपिदिएको छ । 

उत्तरप्रदेशमा डेंगी र लामखुट्टेको टोकाइबाट हुने भाइरल रोग हरेक वर्षजसो भइरहन्छ । तर पछिल्लो समय देखा परेको यो रोगका बारेमा अनुसन्धान भइरहेको प्रदेश सरकारले बताएको छ । 

यसलाई रहस्यमय ज्वरो ‘मिस्ट्री फिभर’ समेत भनिएको छ । 

फिरोजाबाद जिल्लाकी वरिष्ठ स्वास्थ्य अधिकृत डा. नीता कुलश्रेष्ठले त्यहाँ एक हप्तामा ४० बालबालिकाको मृत्यु भएको जानकारी दिइन् । जसमा बालबालिकाको संख्या ३२ रहेको छ । 

पोथी लामखुट्टेबाट सर्ने डेंगी रोग भारतमा सयौं वर्षदेखि जारी रहेको छ । यो सय बढी देशमा फैलिसकेको छ । एसियामा मात्रै ७० प्रतिशत घटनाहरु भएका छन् । 

चार प्रकारका डेंगी भाइरसहरु भएकामा दोस्रो पटक डेंगी लाग्ने बालबालिकामा मृत्यु हुने सम्भावना पाँच गुणा बढी हुने गरेको पनि तथ्यांकले देखाएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ