arrow

जापानमा माेडर्नाको खोपमा 'कालो पदार्थ' भेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १६ बुधबार
moderna.jpg

काठमाडौं। कोरोना भाइरसविरुद्ध अमेरिकी फार्मास्युटिकल कम्पनी माेडर्नाले उत्पादन गरेको खोपमा मिसावट पाइएपछि जापानले यो खोपमा रोक लगाएको छ । जापानकाे कनागावा प्रान्तमा खोपको बोतलमा एक फार्मासिस्टले थुप्रै कालो पदार्थ (स-सानाकण) फेला पारेका हुन् ।

जापानले मिसावट पाइएको १६ लाख ३० हजार डोज खोपको ब्याचमाथि रोक लगाएको हो । योमध्येबाट ३ हजार ७ सय ९० जनाले खोप लगाइसकेका छन् । यद्यपि, अहिलेसम्म उनीहरूमा कुनै स्वास्थ्य समस्या देखिएको छैन ।

खोप लगाउनु अघि मिसावट परीक्षणका क्रममा मिसावट पाइएको हो । जापानमा मोडर्ना खोप  बेच्ने र वितरण गर्ने टाकेडा फार्मास्यूटिकलले मिसावटको आशङ्का भएका खोपहरू सङ्कलन गरेको छ ।

बोतलमा खोप भर्ने स्पेनकाे फार्मास्युटिकल कम्पनी रोभिले उत्पादनकै क्रममा मिसावट भएको हुनसक्ने भन्दै अनुसन्धान गरिरहेको बताएको छ । 

मङ्गलवार जापानको स्वास्थ्य मन्त्रालयले सुई बोतलमा राम्रोसँग हाल्न नजान्दा सुईकै कारण मिसावट भएको हुनसक्ने बताएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ