arrow

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन नोभेम्बरमा

logo
सिन्ह्वा,
प्रकाशित २०७८ भदौ १६ बुधबार
china-congress.jpg

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कमिटीको छैटौँ प्रारम्भिक बैठक आगामी नोभेम्बरमा राजधानी बेइजिङमा हुने भएको छ । 

पार्टीको केन्द्रीय राजनीति विभागको मङ्गलाबारको बैठकले छैटौँ प्रारम्भिक बैठक आगामी नोभेम्बरमा आयोजना गर्ने निर्णय गरेको हो । पार्टीका महासचिव सी चिनफिङले केन्द्रीय राजनीति विभागको बैठकको अध्यक्षता गरेका थिए । 

बैठकमा सार्वजनिक गरिएको कार्यसूचीअनुसार केन्द्रीय राजनीति विभागले छैटौँ प्रारम्भिक बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । बितेका सय वर्षमा पार्टीले हासिल गरेका प्रमुख उपलब्धिको समीक्षा प्रतिवेदनमा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ