arrow

कोरोना भाइरसको नयाँ 'म्यु' भेरिअन्ट, डब्लुएचओले थाल्यो निगरानी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १६ बुधबार
covid who.jpg

काठमाडौँ । कोरोना भाइरसको एक नयाँ भेरिअन्ट लाई विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले भेरिअन्ट अफ कन्सर्नको सूचिमा राखेको छ । सुरुमा दक्षिण अमेरिकी मुलुक कोलम्बियामा फेला परेको यो भेरिअन्ट लाई म्यु (Mu अथवा B.1.621,)नाम दिइएको छ ।

डब्लुएचओले साताव्यापी बुलेटिनमा यो भेरिअन्ट कोभिड१९विरुद्धको खोपका लागि झनै प्रतिरोधी हुनसक्ने बताएको छ ।

कोलम्बियामा सन् २०२१ को जनवरीमा फेला परेपछि यो भेरिअन्ट अहिले युरोप र अन्य दक्षिण अमेरिकी मुलुकमा फैलिएको छ । कुनै ठाउँमा यो भेरिअन्ट उच्च सङ्क्रमणसमेत फैलिएको छ ।

यद्यपि विश्व व्यापी मामिलामा यो भेरिअन्ट को सङ्क्रमण एकदमै न्यून ०.१ प्रतिशत रहेको छ । कोलम्बियामा भने ३९ प्रतिशत र इकाडोरमा १३ प्रतिशत रहेको छ ।

डब्लुएचओले म्यु भेरिअन्ट मा हुनसक्ने उत्परिवर्तनको विषयलाई लिएर यसलाई निगरानीमा राख्ने बताएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ