arrow

रहेनन् कश्मीरी पृथकतावादी नेता गिलानी, स्थिति साम्य पार्न इन्टरनेट बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १७ बिहिबार
saiyad-ali-shah-gilani.jpg
तस्वीर–फाइल ।

काठमाडौं । भारतको अल पार्टी हुर्रित कन्फ्रेन्सका अध्यक्ष सैयद अली शाह गिलानीको निधन भएको छ । कश्मीरी पृथकतावादी नेता गिलानीको बुधबार अबेर राति ९१ वर्षको उमेरमा निधन भएको हो । 

पीडीपी नेतृ महबूवा मुफ्तीले सामाजिक संजालमार्फत गिलानीको निधनले दुःखी बनाएको भन्दै आफूहरुबीच धेरै मुद्दामा एक राय नभए पनि उनको उच्च सोच र आफ्नो भरोसामा टिकिरहने बानीप्रति सम्मान गर्दछु भनेकी छिन् । 

गिलानीको हैदरपुरास्थित आफ्नै घरमा स्थानीय समय अनुसार बुधबार राति १०ः३५ बजे निधन भएको हो । उनका दुई छोरा र चार छोरी छन् । उनी कश्मीरको सोपोर विधानसभामा तीनपटक विधायकको भूमिकामा निर्वाचित भएका थिए ।

 गिलानीको निधनसँगै कश्मीरमा प्रदर्शन बढ्न सक्ने भन्दै सरकारले केही प्रतिबन्धहरु लगाएको छ । इन्टरनेट सेवा पनि बन्द गरिएको छ । सुरक्षा तैनाथी बढाइएको छ । 

गिलानी सन् १९२९ को २९ सेप्टेम्बरमा जन्मेका थिए । उनी कश्मीरलाई भारतको भाग मान्दैनथे र यसलाई अलग गर्नुपर्ने मागमा अडिग रहँदै आएका थिए । 

गिलानीले सन् १९९० को दशकमा हिंसात्मक आन्दोलनमा रहेको धडोसँग मिलेर अल पार्टी हुर्रियत कन्फरेन्स गठन गरेका थिए ।

भारत सरकारले उनीमाथि पाकिस्तानसँग मिलेर कश्मीरमा पृथकतावादी आन्दोलन भड्काएको आरोप लगाउँदै देशद्रोहको मुद्दा चलाएको थियो । पछिल्लो समय उनी घरमै नजरबन्दमा थिए । उनको पासपोर्ट पनि रद्द गरिएको थियो । एनआईए र ईडीको आतंकवादी कोष मामलामा जाँच भएकामा उनका ज्वाइँसमेत कयौं उनका नातेदारमाथि सोधपुछ भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ