arrow

तालिबान सहयोगी हक्कानी नेटवर्कले भन्यो- 'कश्मीरमा हस्तक्षेप गर्दैनौँ, भारतसँग असल सम्बन्ध चाहन्छौँ'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १७ बिहिबार
anas haqqani.jpg

काठमाडौं । सन् १९९५ देखि तालिबानको सहयोगी रहेको हक्कानी नेटवर्कले कश्मीर आफ्नो क्षेत्राधिकारभन्दा बाहिर रहेको बताएको छ । आफ्नो नीति बाहिर रहेका कारण कश्मीरमा हस्तक्षेप गर्ने विषय आफ्नो नीतिविरुद्ध हुने हक्कानी नेटवर्कले बताएको हो ।

हक्कानी नेटवर्कका अनस हक्कानीले सीएनएन न्युज१८सँगको अन्तर्वार्ता बोल्दै यस्तो टिप्पणी गरेका हुन् । उनले तालिबानले 'भारतसँग असल सम्बन्ध चाहेको' बताएका छन् । तालिबानले'अहिलेसम्मका सबै कुरा बिर्सिएर सम्बन्ध अघि बढाउन चाहेको' उनको भनाइ छ ।

अनस हक्कानी जलालुद्दिन हक्कानीका छोरा हुन् । सोभियतले अफगानिस्तानमा हस्तक्षेप गरेपछि त्यसविरुद्ध लड्न जलालुद्दिन हक्कानीले हक्कानी नेटर्वकको स्थापना गरेका थिए । सन् १९९५ देखि हक्कानी नेटवर्क तालिबानसँग मिलेर अघि बढेको थियो ।

अनस हक्कानीले 'भारतीय मिडियाहरूले आफूहरूको बारेमा नकारात्मक भावना फैलाइरहेको' भन्दै त्यसो नगर्न आग्रह गरेका छन् । पाकिस्तान समर्थित आतङ्कवादी समूहलाई समेत आफूहरूलाई सहयोग नगर्ने अनसको भनाइ छ ।

उनले भनेका छन्, 'भारतले पनि हाम्राे शत्रुलाई २० वर्षसम्म सहयोग गरेको छ, तर हामी त्यो बिर्सेर अघि बढ्न चाहन्छौँ ।' यस्तै अनसले अघि भनेका छन्, 'अफगानिस्तानमा सुरुवाती चरणमा धेरैलाई चिन्ता छ, डर छ तर, अब सबै व्यवस्थापन हुँदै छ र अफगानिस्तानका सबै नागरिक खुसी हुन्छन्, अफगानिस्तानमा रहेका सिख र हिन्दुहरू पनि खुसी साथ बस्नेछन्,।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ