arrow

रुसले बेलारुसलाई दर्जनौँ लडाकु विमान र हेलिकप्टर पठाउँदै, 'एस-४०० समेत हुनसक्छ'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १७ बिहिबार
putin lukashenko.jpg

काठमाडौँ । रुसले चाँडै नै बेलारुसलाई लडाकु विमान, हेलिकप्टर एवं एयर डिफेन्स सिस्टम पठाउने भएको छ । बेलारुसका राष्ट्रपति एवं अधिनायकवादी नेता मानिने अलेक्जेन्डर लुकाशेन्कोलाई उद्धृत गर्दै त्यहाँको बेल्टा न्युज एजेन्सीले जनाएको हो ।

रुसले बेलारुसलाई उपलब्ध गराउने यो हतियारले लुकाशेन्कोलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सोझो समर्थनको सङ्केत गरेको छ । बेलारुसमा लुकाशेन्कोको नेतृत्वलाई लिएर गत वर्ष ठुलो विरोध आन्दोलन भएको थियो ।

रुस र बेलारुसले यसै सेप्टेम्बर ११ देखि १६ सम्म संयुक्त सैन्य अभ्यास समेत गर्दै छन् । रुसले बेलारूसलाई नाटो सैन्य गठबन्धन र युरोपेली सङ्घको विरुद्ध आफ्नो पश्चिमी सुरक्षा बफरको रूपमा हेर्छ ।

'रुसले हामीले निकट भविष्यमै दर्जनौँ विमान, हेलिकप्टर र महत्त्वपूर्ण एयर डिफेन्स हतियार उपलब्ध गराउँदै छ', उनले भनेका छन् ।

'एस ४०० पनि हुन सक्छ, हामीलाई यो चाहिएको छ, मैले पहिले पनि भनेको छु । सबैभन्दा आधुनिक हतियार हामीले भित्र्याउने छौँ र थप कुनै चाहिने हतियार सैन्य अभ्यासका क्रममा बिचार गर्ने छौँ,' लुकाशेन्कोले भनेका छन् ।

सेप्टेम्बर ९ मा लुकाशेन्को र रुसी राष्ट्रपति भ्दादिमिर पुटिनले वार्ता समेत गर्ने भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ