- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । नेपालको मध्य भागमा पर्ने रुपन्देहीको बुटवल बजार लुम्बिनी प्रदेशको अस्थायी मुकामसँगै पहाडी एवं तराईका जिल्लाहरूको पायक पर्ने स्थान मानिन्छ ।
पछिल्लो समय बुटवल आर्थिक तथा व्यापारिक हबको रूपमा विकसित हुँदै गए पनि यस क्षेत्रमा खानेपानी उचित फोहोर व्यवस्थापन लगायत समस्या रहेको छ। मुख्य सडक महेन्द्र राजमार्ग नै जीर्ण बन्दा अहिले बुटवल बजार दिनप्रति दिन धुलोले प्रदूषित बन्दै गएको छ ।
पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने बुटवल बजारमा हिँडडुल गर्न निकै समस्या हुने गरेको छ । जसका कारण पैदल यात्री मात्रै नभई सवारी आवागमनमा दुर्घटनाको उच्च जोखिम समेत बढेको छ ।
सो बाटो भएर लुम्बिनी प्रदेशका मुख्यमन्त्री मन्त्री र सांसदहरू समेत ओहोर दोहोर गर्ने भए पनि उनीहरूको अझै ध्यान पुग्न सकेको छैन ।
लुम्बिनी प्रादेशिक अस्पताल र अन्य निजी मेडिकलमा आउने बिरामीहरू थप धुलो र हिलोको मारमा पर्ने गरेका छन् । सडक भरी खाडलै खाडल भएको र वेला वेला धेरै खाडल भएपछि सडक डिभिजन कार्यालय बुटवलले खाडलमा मिस्कट हरेर खाडल पुर्ने काम गर्दै आए पनि जोखिम र सडकको संरचना कमजोर बन्दै गएको छ।