arrow

सर्वोच्चको अन्तरिम आदेश : प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास बस्छ बस्दैन निर्क्योल गर्नु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १७ बिहिबार
supreme-court-long.jpg

काठमाडौँ । प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास बस्न सक्छ सक्दैन निर्क्योल नगरी इजलास नबस्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । 

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाँलको इजलासले यस्तो आदेश दिएको हो ।

अन्तरिम आदेशमा ‘प्रधानन्यायाधीशको उपस्थितिविना वरिष्ठतम न्यायाधीशले कायममुकायम भई संवैधानिक इजलास सञ्चालन गर्न सक्छन् सक्दैनन् भन्ने निर्क्योल गर्नु पर्ने देखियो’ भनिएको छ । 

अन्तरिम आदेशमा उक्त विषयमा निर्णयपछि मात्रै र रिट निवेदनको टुङ्गो नलागेसम्म उक्त मुद्दाको सुनुवाइ नगर्नु नगराउनु भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ