arrow

 सबैभन्दा ठूलो एयरलाइन्स र्‍यानएअरले अगस्टमा दियो एक करोडभन्दा बढी यात्रुलाई सेवा

logo
सिन्ह्वा,
प्रकाशित २०७८ भदौ १७ बिहिबार
ryanair.jpg

डबलिन । युरोपको सबैभन्दा ठूलो कारोबार गर्ने एयरलाइन्स र्‍यानएअरले अगस्टमा कूल एक करोड ११ लाख यात्रुलाई सेवा दिएको बताएको छ । 

गत वर्षको सोही अवधिमा भन्दा यूरोपेली विमान कम्पनी र्‍यानएअरले ५८.५७ प्रतिशत बढी कारोबार गर्न सफल भएको कम्पनीले जनाएको छ ।

आयरल्याण्डमा मुख्यालय रहेको एयरलाइन्सले अगस्तमा सरदर ८२ प्रतिशत यात्रु बोकेर कूल ७१ हजार उडानहरू सञ्चालन गरेको बताएको छ । यो गत महिनाको तुलनामा दुई प्रतिशतले वृद्धि हो ।
 
र्‍यानइएरले जारी गरेको मासिक ट्राफिक तथ्याङ्कले देखाएअनुसार अप्रिलदेखि लगातार पाँचौं महिनासम्म यात्रुहरूको सङ्ख्यामा तीव्र वृद्धि भएको देखिएको छ ।   गत पाँच महिनामा आर्थिक स्थितिमा तीव्र सुधारको बावजुद कम्पनीको अगस्तको कारोबार अझै पनि अगस्त २०१९ मा रेकर्ड गरिएको महामारी पूर्वस्तर भन्दा २५.५ प्रतिशत कम रहेको छ । 

सन् २०१९ मा यस कम्पनीले एक करोड ४९ लाख यात्रुहरूलाई सेवा प्रदान गरेको थियो । रलाइनले सम्हालेको थियो । र्‍यानइअरले खासगरीे मुख्यतया युरोप तथा उत्तर अफ्रिकामा छोटो उडान सञ्चालन गर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ