arrow

सैनिक अदालतको फैसलाः सैनिक जवान ढकाललाई जन्मकैद 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १७ बिहिबार
nepal-army-new.jpg.jpeg

काठमाडौं । साथीको हत्या आरोपमा पक्राउ परेका सैनिक जवान गंगाधर ढकाललाई सैनिक अदालतले जन्मकैदको फैसला गरेको छ । नेपाली सेनाको समरी जनरल सैनिक अदालतले बुधबार महेन्द्र दल गणमा कार्यरत सैनिक जवान ढकाललाई २५ वर्ष कैद सजाय सुनाएको हो ।

नेपाली सेनाका सहायकरथीसमेत रहेका सैनिक प्रवक्ता सन्तोषबल्लभ पौड्यालले सैनिक अदालतले ढकाललाई २५ वर्ष कैद सजाय सुनाएको जानकारी दिए । फैसलामा उनलाई भविष्यमा सरकारी सेवामासमेत अयोग्य ठहरिने भनिएको छ ।

महेन्द्र दल गणमा नै कार्यरत आफ्नै साथी हुद्दा भरत गुरुङको हत्या गरेको भन्दै प्रहरीले उनलाई ७ साउनमा चितवनको टाँडीबाट पक्राउ गरेको थियो ।

गुरुङको शव चितवनको भरतपुर महानगरपालिका १७  सिमलडाँडा खेतको नहरमा भेटिएको थियो । प्रहरी अनुसन्धानले कालिबहादुर गणबाट चोरिएको सट मेशिन गन ‘एसएमजी’ प्रयोग गरेर गुरुङको हत्या गरेको देखाएको थियो ।

सो हतियार चोरेको आरोपमा २८ महिनादेखि जेलमा रहेका कालिबहादुर गणका अमल्दार लव कुमार गुरुङ र जवान सरोज तामाङबारे भने फैसला आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ