arrow

सिन्ध प्रान्तको जनगणना सही नभएको मुख्यमन्त्रीको भनाई

logo
एजेन्सी
प्रकाशित २०७८ भदौ १८ शुक्रबार
murad-ali-shah-pak.jpg

सिन्ध। पाकिस्तानको सिन्ध प्रान्तका मुख्यमन्त्रीले प्रान्तमा सही जनगणना नभएको भन्दै संसद्मा छलफल हुनुपर्ने बताएका छन्। सिन्ध मुख्यमन्त्री मुरद अलि शाहले आफ्नो प्रान्तमा कुल जनसङ्ख्याको कम गणना भएको भन्दै तथ्याङ्कमाथि छलफलका लागि संसद्मा संयुक्त बैठक बोलाउन आग्रह गरेका छन्।

जनसङ्ख्या गणनाको तथ्याङ्क स्वीकृत हुनुभन्दा अघि आफ्नो सरकारले प्रान्तको जनसङ्ख्या गणना सही हिसाबले गर्न चाहेको मुख्यमन्त्री मुरदले बताए। काउन्सिल अफ कमन इन्ट्रेस्टले यो विषय सम्बोधन गर्न असफल भएको पनि उनले बताए।

सिन्ध प्रान्तको जनगणनामाथि छलफलका लागि मुरदले राष्ट्रिय सभाका सभामुख असद कसिर र संसद् प्रमुख सदिक सन्ज्रानीलाई संविधानको धारा १५४ को उपधारा ७ अनुसार संसद्को संयुक्त बैठक बोलाउन आग्रह गरेका छन्। संविधानको धारा १५४ को उपधारा ७ मा सङ्घीय तथा प्रान्तीय सरकार काउन्सिल अफ कमन इन्ट्रेस्टको निर्णयसँग असन्तुष्ट भएमा संसद्को संयुक्त बैठकमा छलफल गर्न सक्ने प्रावधान रहेको उनले बताए।

तथ्याङ्कमाथि अन्तिम फैसला गर्ने अधिकार काउन्सिलको रहेको तर तथ्याङ्क सत्य र तथ्य हुनु पूर्व सर्त रहेको पनि मुरदले बताए। उनका अनुसार गत वर्ष मन्त्रिपरिषद् समिति समक्ष सिन्ध प्रान्तको जनगणनाको समस्याबारे बताएको र समितिले यस विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता गरेको थियो। प्रान्तको जन गणना सही नभएको बारे प्रान्तीय सरकारको साझा धारणा रहेको भन्दै सभामुख र संसद् प्रमुख समक्ष मुरदले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ