arrow

पदबाट राजीनामा दिँदै जापानका प्रधानमन्त्री सुगा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १८ शुक्रबार
japan-pm-yoshihide-suga.jpg

काठमाडौं । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले पदबाट राजीनामा दिने भएका छन् । यस्तै उनले पार्टीको अध्यक्षका लागि पनि चुनावमा प्रतिस्पर्धा नगर्ने भएका छन् । 

सुगाले गत सेप्टेम्बरदेखि जापानको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । त्यसअघि प्रधानमन्त्री रहेका सिन्जो आबेले स्वास्थ्य अवस्था बिग्रेका कारण राजीनामा दिएका थिए ।

कोभिड१९को नियन्त्रण एवं महामारीकै बीच ओलम्पिकको आयोजनाको विषयलाई लिएर पनि उनको आलोचना भइरहेको थियो । यसबीच प्रधानमन्त्री सुगाले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

यस्तै जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी(एलडीपी)को अध्यक्षका लागि सेप्टेम्बर ३० मा चुनाव हुँदै छ  । यद्यपि, सुगाले अध्यक्षका लागि चुनाव पनि नलड्ने बताएका हुन् । एलडीपीकै अध्यक्ष जापानको नयाँ प्रधानमन्त्री हुने सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ