arrow

तालिबानका सह-संस्थापक बरादरले अफगानिस्तान सरकारको नेतृत्व गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १८ शुक्रबार
Abdul Ghani Baradar.jpg

काठमाडौँ । तालिबानका सह संस्थापक अब्दुल गनी बरादरले अफगानिस्तान सरकारको नेतृत्व गर्ने भएका छन् । तालिबानको राजनीतिक कार्यालयका प्रमुख समेत रहेका बरादरले अफगानिस्तानको नेतृत्व गर्ने भएको स्रोतलाई उद्धृत गर्दै राेयटर्सले जनाएको हो ।

यस्तै तालिबानका संस्थापक मुल्लाह उमरका छोरा मुल्ला मोहम्मद याकूब र शेर मोहम्मद अब्बास स्टेनकजाई सरकारका वरिष्ठ पदमा रहने छन् । तालिबान यति बेला पञ्जिसर प्रान्तमा लडाकुसमुहसँग द्वन्द्वमा छ भने, अफगानिस्तानको आर्थिक पतनबाट बच्ने प्रयास गरिरहेको छ ।

रोयटर्स स्राेतका अनुसार सबै शीर्ष नेताहरू काबुल आइपुगेका छन् र नयाँ सरकार घोषणा गर्ने तयारी अन्तिम चरणमा रहेको  छ । अगस्त १५ मा तालिबानले अफगानिस्तान दोस्रो पटक नियन्त्रणमा लिएको हो ।

२० वर्ष लामो युद्धपछि अफगानिस्तानबाट अमेरिका बाहिरिएसँगै तालिबानले काबुल नियन्त्रणमा ल्याएको हो । यद्यपि, पञ्जिसर प्रान्तमा भने तालिबानविरुद्ध आन्दोलन भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ