arrow

हवाई प्रक्षेपण ड्रोनका लागि भारत र अमेरिकाद्वारा सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १८ शुक्रबार
drone.png

आइएनएन । सन् २०२१ जुलाई महिनाको ३० तारिख मा भारतीय रक्षा मन्त्रालयले अमेरिकी रक्षा विभागसँग वायु प्रक्षेपण मानव रहित हवाई वाहन (एएलयुएभि) को लागि एक परियोजना सम्झौता (पिए) मा हस्ताक्षर गरेको भारतीय रक्षा मन्त्रालय (एमओडी) ले शुक्रवार बताएको छ।

भारत-अमेरिका रक्षा प्रविधि र व्यापार पहल(डिटिटिआई) मा संयुक्त कार्य समूह हवाई प्रणाली अन्तर्गत सम्झौतामा हस्ताक्षर भएको थियो। भारतीय वायुसेना (आईएएफ)का एयर मार्सल नर्मदेश्वर तिवारी र अमेरिकी वायु सेना का निर्देशक, वायु सेना सुरक्षा सहायता तथा सहयोग निर्देशनालयका ब्रिगेडियर जनरल ब्रायन आर ब्रकबाउरले सम्झौतामा हस्ताक्षर गरेका थिए।‌

एएलयुएभि अन्तर्गत को पिए भारतीय रक्षा मन्त्रालय र अमेरिकी रक्षा विभागको बिच भएको सम्झौता ज्ञापनको अनुसन्धान, विकास, परीक्षण र मूल्याङ्कन (आरडिटि र ई) अन्तर्गत पर्दछ। सन् २००६ मा पहिलो पटक आरडिटि र ई मा हस्ताक्षर भएको थियो भने सन् २०१५ जनवरी महिनामा नवीकरण भएको थियो।

दुई राष्ट्रहरू बिच रक्षा प्रविधि सहयोग गहिरो गर्न को लागी पिए एक महत्त्वपूर्ण कदम हो।

डिटिटिआई पहल भारत र अमेरिका बिच रक्षा प्रविधि सहयोग सहज गर्न को लागी बनाइएको थियो। सहयोगी प्रविधिमा सीप आदानप्रदान लाई बढवा दिन र भारतीय र अमेरिकी सैन्य बल को लागी भावी प्रविधि को सह-उत्पादन र सह-विकास को अवसरहरू लाई सृजना गर्न को लागी नेतृत्व प्रदान गर्नु नै डिटिटिआईको उद्देश्य हो।

डिटिटिआई अन्तर्गत, भूमि, नौसेना, हवाई, र विमान वाहक प्रविधि का लागि संयुक्त कार्य समूह स्थापित गरिएको छ। यस समूहले विभिन्न क्षेत्रहरूमा पारस्परिक सहमत परियोजनाहरू मा ध्यान केन्द्रित गर्न सहयोग पुर्‍याउँदछ। संयुक्त कार्य समूह ले एएलयुएभि को सह-विकास को लागी पीए वायु प्रणाली को निरीक्षण गर्दछ। यो डिटिटिआई को लागि एक प्रमुख उपलब्धि हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ