arrow

प्रतिगमनको खतरनाक नयॉ भेरिएन्ट जन्मन सक्ने डा.भट्टराईको संकेत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १९ शनिबार
baburam2.jpg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशमा कोरोनाको नयॉ भेरिएन्ट भन्दा खतरनाक प्रतिगमनको नयॉ भेरिएन्ट जन्मन सक्ने औंल्याएका छन् ।

शनिबार साँझ सामाजिक संजालमा आफ्नो प्रतिक्रिया लेख्दै डा.भट्टराईले देशको आन्तरिक दलीय राजनीतिलाई वैदेशिक कुटनीतिसंग छासमिस गर्न नहुनेतर्फ संकेत गरेका हुन् । उनले विदेश नीतिमा राष्ट्रिय सहमति कायम गर्न पनि आब्हान गरेका छन् ।

उनले लेखेका छन्, ‘देशको आन्तरिक दलीय राजनीतिलाई वैदेशिक कुटनीतिसंग छासमिस गरियो भने त्यसबाट कोरोनाको नयॉ भेरिएन्ट भन्दा खतरनाक प्रतिगमनको नयॉ भेरिएन्ट जन्मन सक्छ । देशभित्र स्वस्थ राजनीतिक प्रतिस्पर्धा गरौं तर विदेश नीतिमा राष्ट्रिय सहमति कायम गरौं । ख्याल राखौं(अरूलाई खाने बाघले आफुलाई पनि खानसक्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ