arrow

पंजशीरमा भीषण युद्धः छ सय तालिबान मारिए, गृहयुद्धको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २० आइतबार
panjshir-1.jpg

काठमाडौँ । तालिबानले अफगानिस्तान पूर्ण रूपमा नियन्त्रणमा लिए पनि अफगानिस्तानको राजधानी काबुलको उत्तरमा पर्ने पंजशीर उपत्यका भने नियन्त्रणमा ल्याउन सकेको छैन ।

पंजशीरमा तालिबान विरोधी लडाकु र तालिबानबिच युद्ध चलिरहेको छ। शनिवारसम्म पनि भीषण युद्ध जारी रहेको सो प्रान्तमा ६०० तालिबान लडाकु मारिएको बताइएको छ ।

तालिबान विरोधी लडाकुहरूलाई उद्धृत गर्दै स्पुतनिक न्युजले ६०० तालिबान मारिएको उल्लेख गरेको छ । यस्तै कम्तीमा १ हजार तालिबान लडाकु नियन्त्रणमा र आत्मसमर्पण गरेको अवस्थामा रहेका छन् ।

तालिबान विरोधी लडाकु समूहका प्रवक्ता फहिम दष्टीले ट्विट गर्दै भनेका छन्, ६०० भन्दा बढी तालिबान मारिएका छन्, भने १ हजार भन्दा बढी नियन्त्रणमा र आत्मसमर्पण गरेको अवस्थामा छन् ।

पंजशीर प्रान्त अफगानिस्तानको सबैभन्दा सानो प्रान्त हो । यो प्रान्त दुवै समूहले आफ्नो नियन्त्रणमा रहेको दाबी गरिरहेका छन् । तर, तालिबानलाई भने पंजशीरमा लडाइँ गर्न गाह्रो भइरहेको छ ।

यसअघि सन् १९९६ देखि २००१ सम्मको शासन क्रममा पनि पनि तालिबानले यो प्रान्त आफ्नो बनाउन सकेको थिएन । 

तालिबान र तालिबान विरोधी समूहबिच निरन्तर युद्ध जारी रहदा ज्वाइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष अमेरिकी जनरल मार्क मिलेले अफगानिस्तानमा गृहयुद्ध हुनसक्ने चेतावनी दिएका छन् ।

फक्स न्युजसँग कुरा गर्दै उनले भनेका छन्, ‘अफगानिस्तानमा जुन किसिमको परिस्थिति देखिएको छ, त्यो गृहयुद्धमा परिणत हुने ठुलो आशङ्का छ। मलाई थाहा छैन, तालिबान आफ्नो सत्ता बलियो पार्न र शासन चलाउन सक्षम छ वा छैन ? ’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ