arrow

उत्तरी इराकमा आइएस समूहद्वारा आक्रमण, १३ सुरक्षाकर्मीको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७८ भदौ २० आइतबार
iraq-mosul.jpeg

बगदाद । किर्कुक प्रान्तमा इस्लामिक स्टेट (आइएस)ले शनिबार राति प्रहरी चौकीमा आक्रमण गरेको छ । उक्त घटनामा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको इराकको प्रान्तीय प्रहरी स्रोतले आइतबार पुष्टि गरेको हो । 

उक्त घटनामा छ सुरक्षाकर्मी घाइते भएको बताइएको छ । प्रहरी मेजर अब्बास अल-ताइले सिन्ह्वालाई बताएअनुसार आई एस आतंकवादीले शनिबार रात बगदादबाट लगभग २५० किलोमिटर उत्तरमा पर्ने प्रान्तीय राजधानी किर्कुकको दक्षिणमा अल-राशाद शहरको एउटा गाउँमा सङ्घीय प्रहरी चौकीमा आक्रमण गरेका छन् ।

अल-ताइ भने, “चौकीमा भएको आक्रमण पछि उनीहरूले गाउँतर्फ जाने सडक छेउमा शक्तिशाली विस्फोट गराएका र त्यही विष्फोटमा परी १३ प्रहरी मारिएका छन् भने अरू छ जना घाइते भएका छन् ।”

आक्रमणपछि उक्त क्षेत्रमा थप सुरक्षाकर्मीलाई तैनाद गरिएपछि आक्रमणकारी घटनास्थलबाट भागेका थिए ।

सरकारले सुरक्षा फौजको सहयोगमा कब्जा गरेकोे प्रान्तमा इराकी सुरक्षा बलमाथि विगत केही महिनायता आइएस समूहले आक्रमण तीव्र पारेको थियो । यस क्रममा दर्जनौँ सुरक्षाकर्मी सर्वसाधारण र आइएस लडाकूसमेतको मृत्यु भएकमो छ भने सयौँ घाइते भएका छन् । 

सन् २०१७ मा इराकी सुरक्षा फौजले इराकी आइएस समूहलाई पराजित गरेपछि इराकको सुरक्षा स्थिति मजबुत रहँदै आएको महशुस गरिएको थियो । तथापि, सुरक्षा बल तथा नागरिक विरुद्ध बारम्बार गुरिल्ला आक्रमण गरेर शहरी केन्द्र वा मरुभूमि र पहाडी क्षेत्रमा आइएसले आफ्नो अस्थित्व देखाउने प्रयास गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ