arrow

देशैभर वर्षा, तीन दिनसम्मै पानी पर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
raining.jpeg
तस्वीर– सांकेतिक ।

काठमाडौं । अहिले देशैभर वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको  प्रभाव रहेको छ । उक्त प्रभावअनुसार देशभर वर्षा भइरहेको हो । 

हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । 

महाशाखाले बुधबारसम्म नै नेपालमा वर्षा हुने जनाएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको पनि बताएको छ ।

 त्यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै  र प्रदेश १, बाग्मती तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

 महाशाखाले देशको धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै  प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ । 

यस्तो छ मंगलबार भदौ २२ गतेको पूर्वानुमान

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै  र प्रदेश १, बाग्मती तथा लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

 राति देशभर सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिमका धेरै र बाकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 यस्तो छ बुधबार भदौ २३ गतेको पूर्वानुमान
दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

राति देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी सेप्टेम्बर २३ सम्म नै मनसुन रहने भएकाले वर्षा भइरहने जनाइएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ