बङ्गालको खाडीमा न्यून चाप: आज र भोलि सतर्क रहन अपिल
जोखिमयुक्त ठाउँमा नजान र सुरक्षित रहन चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
223
Shares
काठमाडौं । बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीका कारण आज (मंगलबार) र भोलि (बुधबार) देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह तीव्र रूपमा बढ्दै गएकाले मनसुनी गतिविधि थप सक्रिय हुन लागेको हो।
महाशाखाले वर्षाको जोखिम रहेका क्षेत्रहरूमा सर्वसाधारणलाई आवतजावत नगर्न र जानैपर्ने अवस्था आएमा विशेष सावधानी अपनाएर मात्र यात्रा गर्न आग्रह गरेको छ।
लगातारको वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै मौसम विभागले जोखिमयुक्त ठाउँहरूको पहिले नै पहिचान गरी सुरक्षित रहन सबैमा विशेष अपिल समेत गरेको छ।