arrow

पंजशीरमा लडिरहेका मसूदले तालिबानसँगको लडाइँ रोक्न गरे प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
taliban-afgan-protest.jpg

काठमाडौं । अफगानिस्तानको पंजशीरमा तालिबान विरुद्ध लडिरहेको अहमद मसूदको समूहले तालिबानसँगको लडाइँ रोक्न प्रस्ताव गरेको छ ।

पंजशीरमा लडाइँ जारी रहँदा आफूहरु कमजोर भएको महसुस गरेसँगै मसूदले लडाइँ रोक्न प्रस्ताव राखेका छन् । यसअघि उनले पंजशीर र अन्दराबमा तालिबानी हमला रोक्ने शर्त राखेका छन् । 

तालिबान यो अवस्थामा निकै मजबुद देखिएको छ । तालिबानीहरु पंजशीरमा लडेरै कब्जा गर्न चाहेका छन् । लडाइँ भने मसूदले शुरु गरेका थिए । तर त्यसलाई सही दिशामा लैजान नसक्दा क्षति भएको छ ।

यसले गर्दा तालिबानीहरु आक्रामक भएका छन् । तालिबानका अनुसार अबको केही समयमै पंजशीर कब्जामा लिनेछन् । पंजशीरका गभर्नरको घरमा पुगिसकेको दाबी तालिबानको छ । 

आइतबार भएको लडाइँमा पंजशीरमा शीर्ष कमान्डरसमेत मारिएका छन् । सबैभन्दा ठूला कमान्डर भने पत्रकारसमेत रहिसकेका फहीम दश्ती हुन् । 

त्यहाँ हजारको आसपासमा दुवैतर्फ गरी ज्यान गएको आशंका गरिएको छ । तीन हप्ताअघि तालिबानले काबुलमा कब्जा गरी सत्ता हत्याएको छ । त्यसयता अफगानिस्तान अशान्त भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ