arrow

क्रुर तालिबानः श्रीमान् र छोराछोरीकै सामुन्ने मार्यो आठ महिने गर्भवती सुरक्षाकर्मी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
afghanistan-banu-killed.JPG
तस्वीर–इन्सेटमा बानू ।

काठमाडौं । तीन हप्ताअघि अफगानिस्तानको सत्ता हत्याएको विद्रोही समूह तालिबान दिनानुदिन क्रुर बन्दै गइरहेको छ । उसले आफ्ना अगाडि रहेका सबैलाई दुस्मन देख्न थालिरहेको छ । 

उक्त क्रममा तालिबानले एक महिला प्रहरीको हत्या गरेको छ । आठ महिनाकी गर्भवती ती महिला सुरक्षाकर्मीको घरमै प्रवेश गरेर बन्दुकधारी समूहले उनका श्रीमान र छोराछोरीको सामुन्ने हत्या गरेको हो ।

गोली हानी हत्या गरिएकी ती महिलाको शरीर र अनुहारसमेत क्षत विक्षत अवस्थामा फेला पारेको जनाइएको छ ।

अफगानिस्तानमा पछिल्लो समय अधिकार माग गर्दै महिलाहरुले गरेको प्रदर्शनमा ती बानू निगार नामकी महिला प्रहरी अधिकृत संलग्न भएको आशंकामा मारिएको हुन सक्ने जनाइएको छ ।

तालिबानले महिला अधिकारको समर्थनमा भएको प्रदर्शनमा संलग्नहरुलाई खोजी खोजी कारबाही गर्न थालेको छ । तीन हप्ताअघि तालिबानले काबुलमा कब्जा गरी सत्ता हत्याएको छ । त्यसयता अफगानिस्तान अशान्त भइरहेको छ । 

तालिबानले ती बानूको हत्याबारेमा जाँच गर्ने बताएको बीबीसीले लेखेको छ । बीबीसीले नै बानूको तस्वीर सार्वजनिक गरेको थियो । शनिबार राति उनकै घरमा बानूको हत्या भएको थियो । 

परिवारले शनिबार राति तीन हतियारधारी तालिबान उनको घरमा घुसेर परिवारका सदस्यलाई बाँधेर उनीहरुकै सामुन्ने बानूलाई मारेका हुन् । आक्रमणकारीले अरबी भाषामा कुराकानी गरेका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ