arrow

राष्ट्रपतिलाई नियन्त्रणमा लिएर सेनाले हत्यायो सत्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
guinea-army.jpg

काठमाडौं । गिनीमा सेनाले सत्ता हत्याएको छ । अफ्रिकी मुलुक गिनीको राजधानी कोनाक्रीमा रहेको राष्ट्रपति भवन प्रवेश गरेको सेनाले अन्धाधुन्ध गोली प्रहार गरी राष्ट्रपति अल्फा कोन्डेलाई नियन्त्रणमा लिएर सत्ताकब्जा गरेको हो । 

सेनाले राष्ट्रपतिलाई नियन्त्रणमा लिएर राष्ट्रिय टेलिभिजनमार्फत सरकार विघटन गरेको पनि जनाएको बीबीसीले लेखेको छ । तर रक्षा मन्त्रालयले भने सेनाको अधिग्रहणको प्रयास राष्ट्रपतिका गार्डले असफल पारिदिएको उल्लेख गरेको छ । 

राष्ट्रपति भवनमा केही घण्टादेखि निरन्तर बन्दुकको गोली बर्सिरहेको थियो । सेनाले गिनीका सबै सीमा नाकाहरु पनि सील गरेको बताएको छ । 

सेनाले संविधानमाथि रोक लगाउनुका साथै राज्य संस्था पनि भंग भएको घोषणा गर्दै देशका सम्पूर्ण सार्वजनिक प्रसारण सेवामासमेत रोक लगाएको छ ।

गिनीमा निकै नै भ्रष्टाचार रहेको र गरिबी बढेको भन्दै सत्ता हत्याउनु परेको जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ