arrow

यसरी रोकियो ब्रजिल र अर्जेन्टिनाबीचको विश्वकप छनोट खेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
argentina-brazil-football-c.jpg

काठमाडौं । ब्रजिल र अर्जेन्टिनाबीचको विश्वकप छनोट फुटबलको खेल स्थगित भएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत सोमबार बिहान ब्रजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भइरहेकामा अचानक खेल स्थगित भएको हो । 

खेल शुरु भएको पाँच मिनेटपछि नै खेल स्थगित गरिएको हो । ब्रजिलका स्वास्थ्य अधिकारीले नाटकीय रुपमा अर्जेन्टिनाका चार खेलाडीले क्वारेन्टिन नियम तोडेको आरोप लगाउँदै आपत्ति जनाएपछि खेल स्थगित गरिएको हो ।

खेल शुरु भएको पाँच मिनेटपछि स्वास्थ्य प्रतिनिधिहरु मैदानमै कोरोनाको स्वास्थ्य मापदण्ड तोडेको भन्दै खेलाडी समाउन पुगेका थिए । उक्त घटनापछि रेफ्रीले खेल रोकेको थियो ।

नियम तोड्ने खेलाडीहरु इङ्गलिश प्रिमियर लिगमा सहभागीता जनाएर इङ्गल्याण्डबाट सीधै ब्रजिल पुगेका थिए । ती खेलाडीहरुको नाम भने बताइएको छैन । 

खेलाडीको नाम गोप्य राखिए पनि अर्जेन्टिनाको टिममा रहेका एमिलियानो मार्टिनेज र एमिलियानो बुएन्डिया एस्टन भिल्लाबाट खेल्छन् । त्यस्तै क्रिस्टियन रोमेरो र जिओभानी लो सेल्सो टोटनह्याम हट्सपरबाट खेल्दै आएका छन् । 

ब्रजिलले इङ्गल्याण्डबाट आउनेलाई १४ दिनको क्वारेन्टिन अनिवार्य गरेको छ । 

स्थगित खेलको नयाँ मिति तोकिएको छैन । फिफाले रोकिएको खेल पछि गरिने जनाएको छ । अर्जेन्टिनी खेलाडीहरु यो खेल स्थगित भएसँगै घरेलु मैदानमा शुक्रबार १० सेप्टेम्बरमा बोलिभिया विरुद्ध हुने खेलका लािग अर्जेन्टिना फर्केका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ